काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतबारबाट बैठक सुरु भएको थियो । आज बोलाइएको बैठक पनि पेरिसडाँडामा बस्ने बताइएको थियो तर, भोलीको बैठक बालुवाटारमा १२ः३० बजे बस्ने प्रवक्ता नारायणकाजी श्रैष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद् पुर्नगठन र सरकारका कामकारबाहीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । आइतबारको बैठकले आगामी बैठकका लागि चार वटा कार्यसूची तय गरेको छ ।
बैठकमा मन्त्रिपरिषद् पुर्नगठन, संवैधानिक र राजनीतिक नियुक्तीका बारेमा सरकारलाई आधार तय गरिदिन, सजिलो बनाउने विषयमा छलफल गर्ने, सांगाठनिक एकीकरणका बाँकी कामबारे पूरा गर्ने, स्थायी कमिटीको रिक्त रहेको पदपूर्ती, पहिले बाँकी रहेका कारबाहीका बारेमा छलफल, केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा केही आर्थिक सहयोग, संघीय संसदको सदस्यहरुले कोरोना भाइरसका कारण बैठकको भत्ता के गर्ने भन्ने विषयमा छलफल गर्ने कार्यसूची छ ।




प्रतिक्रिया