अक्सिजनबिना सगरमाथा चढेका ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

अक्सिजनबिना सगरमाथा चढेका ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली पर्वातारोही आङरिता शेर्पाको निधन भएको छ । हिउँ चितुवाको नामबाट चिनिएका पर्वतारोही शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको हो ।

शेर्पाको काठमाण्डु जोरपाटी निवासमा सोमबार बिहान १० बजे निधन भएको हो । उनको अन्तिम संस्कार केही दिनपछि मात्रै गरिने बताइएको छ ।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए ।

अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए । त्यही कारणले उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।