चुनावी प्रतिवद्धता पुरा गर्दै वनमन्त्री वस्नेत,जाजरकोटमा खुल्यो बहुप्राविधिक शिक्षालय

चुनावी प्रतिवद्धता पुरा गर्दै वनमन्त्री वस्नेत,जाजरकोटमा खुल्यो बहुप्राविधिक शिक्षालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट-  जाजरकोटको काफलचौरमा बहुप्राविधिक शिक्षालय संचालनमा आएको छ । भेरी नगरपालिका ५ काफलचौरमा यसै शैक्षिक शत्र देखि डिप्लोमा ईन फरेष्ट्री (वन विज्ञान) र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग बिषयमा अध्ययापन सन्चालन हुने भएको छ ।

बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको पहलमा शिक्षालय खुलेसँगै जाजरकोट जिल्लाबाट बिभिन्न प्राबिधिक कोर्ष पुरा गर्न बाहिर जिल्ला जानु पर्ने बाध्यता भएका विद्यार्थिहरुका लागि राहत महसुस भएको छ ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले प्राबिधिक शिक्षालय सञ्चालनमा ल्याएका आएसँगैे, आर्थीक स्रोतले कमजोर भएका जेहन्दार बिद्यार्थीहरु जिल्ला बाहिर गएर अध्ययन गर्न नसक्नेहरुका लागि ठुलो राहत मिलेको बताए ।

आफ्ना बालबालिकाहरु लाई घरआँगनमै सस्तो र सुलभ रुपमा पढाउन पाइने भएपछि यहाँका विपन्न समुदायका अभिभावक तथा विद्यार्थिहरु खुसी भएका छन । शिक्षालयले तिन बर्षे डिप्लोमा ईन फरेष्ट्री (वन विज्ञान) र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग बिषयमा भर्ना खुल्ला समेत गरिसकेको छ ।

शिक्षालयका प्रमुख दान बहादुर ठकुरीले तिन वर्षे कोर्ष पुरा गर्नका लागि वन विज्ञान तर्फ ६० हजार रुपियाँ र सिभिल इन्जिनियरका लागि ८० हजार रुपियाँ शुल्क निर्धारण गरिएको बताए ।

जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्री शक्ति वहादुर बस्नेतको चुनावी प्रतिवद्धताको रुपमा कार्यान्वयन भएको यस कार्यले गर्दा जिल्लावासीहरुमा खुसीयाली छाएको छ । जिल्लामै प्राविधिक शिक्षा पढ्ने अवसरले यहाँका विपन्न,द्धन्दपिडित तथा असहाय समुदायका लागि प्राविधिक शिक्षामा पहुच वढाउने मन्त्री बस्नेतको विस्वास रहेको छ ।