‘क्लिन फिड’ लागू गर्न सरकारलाई समितिको निर्देशन

‘क्लिन फिड’ लागू गर्न सरकारलाई समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदको विकास तथा प्रविधि समितिले ‘क्लिन फिड’ लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले आगामी कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी कुमारी खड्काले स्वदेशी टेलिभिजनको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी टिभीको प्रशारणमा नेपाली विज्ञापन नराख्‍न निर्देशन दिएको जानकारी दिइन् ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेको थियो ।