काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरेर दुई जना अध्यक्षबीच मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको हो ।
बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामा नयाँ मन्त्री र सरकारमा रहेका मन्त्रीको विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।
‘दुई अध्यक्षबीच मन्त्रिमण्डल पुर्नगठनबारे नीतिगत रुपमा छलफल भयो’, स्रोतले भन्यो, ‘भोलीको सचिवालय बैठकमा आज भएको सहमतिअनुसार नै मन्त्रिमण्डल पुर्नगठनबारे छलफल हुन्छ ।’
नेकपाको सचिवालय बैठक मंगलबार बालुवाटारमा दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठनलगायतका चार वटा विषयमा छलफल गर्ने कार्यसूची तय भएको छ ।




प्रतिक्रिया