सोमबार थपिए ११ सय ५४ कोरोना संक्रमित, १ हजार ५ जना डिस्चार्ज

सोमबार थपिए ११ सय ५४ कोरोना संक्रमित, १ हजार ५ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४७ हजार २ सय ३८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय २७ पुगेको छ ।