काठमाण्डु उपत्यकामा थपिए ६ सय ७४ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ६ सय ७४ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना रहेका छन् ।

यस्तै आइतबार ७ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ८७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।