बिन्ती ! कोभिडलाई हल्का न लिनु, यसले ज्यान लिन सक्छः विजय लामा

बिन्ती ! कोभिडलाई हल्का न लिनु, यसले ज्यान लिन सक्छः विजय लामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना भाइरसलाई हल्का रुपमा नलिन आग्रह गरेका छन् । कोरोना संक्रमणपछि स्टार अस्पतालमा आइसोलेसनमा रहेका लामाले कोरोनाले ज्यानै लिनसक्ने भएकाले सतर्क भएर काम गर्न पनि आग्रह गरेका छन् ।

उनले गत २ हप्ता देखि कोविडविरुद्धको लडाइमा सुधार भएको बताएका छन् । लामाले भने, ‘नास्ता पनि खाइयो, कमजोरी पनको कतै लक्षण छैन, राती निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेवल पनि घटेको अवस्था छ ।’

उनले अगाडि थपेका छन्, ‘मेरो बिनम्र अनुरोध सबैमा…बिन्ती छ यो कोभिडलाई हल्का न लिनु होला । आफ्नो सुरक्षामा कतै न चुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’

क्याप्टेन लामाले सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । उनले आफूले चाडैं उडान भर्ने र बिदेशमा भएकाहरुलाइ नेपाल फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।