कमल थापाले भनेः ‘गाई’ उपयुक्त चुनावचिन्ह हो !

कमल थापाले भनेः ‘गाई’ उपयुक्त चुनावचिन्ह हो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हलो चुनाव चिन्हमा बाध्यतावश सहमति गर्नूपरेको बताएका छन् ।

मंगलबार ट्वीटरमाफृत अध्यक्ष थापाले पार्टी एकतालाई जोगाउन हलो चुनाव चिन्हमा सहमति गरेको बताएका हुन् । उनले राप्रपाका लागि गाई चुनाव चिन्ह उपर्युक्त भए पनि बाध्यतावश हलोलाई चुनाव चिन्ह मान्नु परेको बताएका छन् ।

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति गाई उपयुक्त चुनावचिन्ह हो ।तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो’, उनले भनेका छन् ।

त्यस्तै अध्यक्ष थापाले परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

उनले भने, ‘अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’

करिब ६ महिना अगाडि पार्टी एकता गरेको राप्रपा र राप्रपा (संयुक्त) सम्भवत आज वा भोली निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जाँदैछ ।