काठमाण्डु – सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २४ गते गर्ने भनिएको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरसको संक्रमणको अवस्थामा निर्वाचन गर्नु उपर्युक्त नहुने भन्दै निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । शेर्पाको समेबार काठमाण्डुमा निधन भएको थियो । उनले अक्सिजन बिना १० पटक हिमाल आरोहण गरेका थिए ।




प्रतिक्रिया