जुम्लाबाट आएका डा. गोविन्द केसी ट्रमा सेन्टरमा भर्ना

जुम्लाबाट आएका डा. गोविन्द केसी ट्रमा सेन्टरमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनशनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । जुम्लामा अनशनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने भनिएपनि ट्रमा सेन्टरको इर्मजेन्सीमा भर्ना गरिएको हो ।

गत भदौ २९ गतेदेखि स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डु ल्याइएको हो ।

उनलाई नेपालगञ्जबाट त्रिभुवन विमानस्थलमा आएका डा. केसीलाई प्रहरीले ट्रमा सेन्टर लगेको हो ।

डा. केसीले त्रिवि शिक्षण अस्पताल जाने इच्छा व्यक्त गरे पनि प्रहरीले जर्बजस्ती ट्रमा सेन्टर लगेको केसी पक्षको आरोप छ ।

डा. केसीले जुम्लामा यसअघिको जस्तै तोडफोड हुनसक्ने भएकाले काठमाण्डु आएको बताएका छन् ।