काठमाण्डु – जुम्लाबाट काठमाण्डु आएका डा. गोविन्द केसीलाई प्रहरीले जर्बजस्ती ट्रमा सेन्टर लगेको छ । भदौ २९ गतेदेखि आमरण अनसनरत डा. केसीलाई प्रहरीले अपहरण शैलीमा ट्रमा सेन्टर लगेको हो ।
एयरपोर्टबाट एम्बुलेन्समार्फत ट्रमा सेन्टर पुर्याइएका डा. केसीले टिचिङ अस्पताल जाने बताए पनि प्रहरीले जर्बजस्ती ट्रमाको इमरजेन्सीमा लगेको हो । प्रहरीले लछारपछार गर्दै अस्पताल भित्र लगेपछि डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका थिए ।
एम्बुलेन्समा लिन गएका प्रहरीलाई उनले भने, ‘यो प्रहरीको गुण्डागर्दी हो ?’ प्रहरीले टिचिङमा कोरोनाका कारण ठाउँ नभएकाले यहाँ ल्याइएको बताए पनि डा. केसीले त्यसलाई अस्वीकार गरेका थिए ।
डा. केसीले आफूले काम गर्ने ठाउँ टिचिङ नै जाने ढिपी गरेका थिए । त्यसपछि प्रहरीले डा. केसीलाई एम्बुलेन्सबाट तानेर बाहिर निकालेको थियो । उनले आफू सभ्य तरिकाले टिचिङमा जान लागेको बताएका थिए । प्रहरीले जर्बजस्ती बोकेर भित्र लेगेपछि डा.केसीले भने, ‘अोलीको गुण्डागर्दीप्रति तानाशाहीतन्त्र मूर्दावाद ।’




प्रतिक्रिया