नेकपा सचिवालय बैठकः सरकार र पार्टीबीचको सम्बन्ध मजबूत, संवैधानिक निकायमा पदपूर्ति गर्न आग्रह

नेकपा सचिवालय बैठकः सरकार र पार्टीबीचको सम्बन्ध मजबूत, संवैधानिक निकायमा पदपूर्ति गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकमा आइतबार निर्धारित ककार्यसूचीमाथि छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले आजको बैठकले संवैधानिक निकायमा रिक्त रहेका पदमा चाँडै पदपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको जानकारी दिए ।

‘संवैधानिक व्यवस्थाअन्र्तगत विभिन्न सम्बैधानिक निकायको पदपूर्तिको बारेमा संवैधानिक परिषद्ले छिटो बैठक गरेर त्यससम्बन्धी निर्णय लिनुपर्ने आवयश्कताका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो पदनपूर्तिका लागि सम्बैधानिक पदपूर्तिको बैठक बोलाएर आवश्यक पहल गर्न बैठकले अनुरोध गरेको छ’, उनले भने, ‘संवैधानिक परिषद्को बैठकलाई सुचारु रुपले सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्तिबारे अगाडि बढ्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।’

बैठकले पार्टी एकताका बाँकी काम १० दिनभित्र सक्ने निर्णय गरेको छ ।  बैठकमा पार्टी एकताका बाँकी काम पूरा गर्न १० दिनभित्र अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई प्रस्ताव तयार पार्ने विषयमा सहमति भएको छ ।  एकताका बाँकी काम सक्ने गरी १० दिनभित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्नेछ ।

प्रवक्ता श्रेष्ठले आजको बैठकपछि नेकपाभित्रको विवाद अन्त्य हुँदै पार्टी एकतालाई थप मजबुत बनाउने बताएका छन् । उनले आजको बैठक सौहार्दपूर्ण रहेको, सरकार र पार्टीको स्म्बन्धलाई अझै मजबुत बनाउने बताए ।

‘आज सौहार्दपूर्ण छलफल भयो । पाटीभित्रको एकता समझदारी र विश्वासलाई सुद्धृढ गर्ने पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी बनाउने र सरकारप्रति विश्वसनिय बनाई अझै बढी सरकारलाई सफल बनाउने दिशातर्फ अगाडि बढ्ने विश्वास र अपेक्षासहित बैठक समापन भयो’, उनले भने ।