नागरिकको टाउको फुटाउने काम हाम्रो सरकारले गर्दैनः प्रवक्ता श्रेष्ठ

नागरिकको टाउको फुटाउने काम हाम्रो सरकारले गर्दैनः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनतामाथि दुर्वयवहार नगर्ने बताएका छन् ।

मंगलबारको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सरकारले जनताको टाउको नफुटाउने बताएका हुन् । प्रवक्ता श्रेष्ठले जनतामाथि त्यस्ता किसिमका काम भए दोषी प्रहरीमाथि कारबाही गर्ने बताए ।

‘हाम्रो सरकारले त्यस्तो गर्दैन । कहीँ कतै भएको छ भने छानबिन गरेर कारबाही हुन्छ’, उनले भने ।

पछिल्लो समय प्रहरीले जनतामाथि दुव्र्यवहार गरेको घटना बाहिरिरहेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्त गर्नूपर्ने माग राख्दै सडकमा आएका नागरिकमाथि प्रहरीले लाठी चार्ज गर्ने, टाउको फुटाउनेजस्ता काम गरेको छ ।