गोविन्द के.सीलाई ट्रमा सेन्टरमा पुर्‍याउन प्रहरीले सहयोग गरेको होः मेट्रो

गोविन्द के.सीलाई ट्रमा सेन्टरमा पुर्‍याउन प्रहरीले सहयोग गरेको होः मेट्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डा. गोविन्द केसीमाथि दुव्र्यवहार भएको भन्ने समाचारमाथि प्रहरीले खण्डन गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डा. केसीलाई स्वास्थ्यकर्मीकै सल्लाहमा राष्ट्रिय ट्रमा सेन्टर लगिएको बताएको छ ।

‘डा.गोविन्द के.सीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी चिकित्सहरूको सल्लाह बमोजिम राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याउन नेपाल प्रहरीले सहयोग गरेको यहाँहरू सबैमा जानकारी गराउदछौं’, मेट्रोले भनेको छ ।

भदौ २९ गतेदेखी जुम्लामा अनसनरत डा. केसीलाई आज काठमाण्डु ल्याइएको थियो । उनले टिचिङ अस्पतालमा बस्ने इच्छा व्यक्त गरे पनि कोरोना भाइरसको संक्रमणका कारण ट्रमा सेन्टर लगिएको हो ।