कोरोना संक्रमणबाट अल्का र मेघा अस्पतालमा दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट अल्का र मेघा अस्पतालमा दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु भएको छ । अल्का अस्पताल र मेघा अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मेघा अस्पतालमा धापाखेलका ८० वर्षीय वृद्धको मंगलबार मृत्यु भएको छ । उनी भदौ ६ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

त्यस्तै अल्का अस्पतालमा पाटनका एक जना वृद्धको मृत्यु भएको छ । पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राती मृत्यु भएको हो ।

कलेजोमा समस्या भएका ती वृद्धलाई उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।