होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने

होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण व्याजदरमा  कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ ।

होटल व्यवसायी महासंघसंग आबद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुंच भित्र ल्याउने विषय सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।

होटल व्यवसायी महासंघ नेपालसंग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पु¥याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु¥याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

यसका साथै महासंघसंग आबद्ध व्यवसायीहरुको लागि बैंकले आवश्यकता अनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ ।

यस्तो सुविधा लिनको लागि महासंघसंग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।