चीनलाई भारतको धम्कीः तिम्रा सेना सीमामा आए गोली हान्छौं !

चीनलाई भारतको धम्कीः तिम्रा सेना सीमामा आए गोली हान्छौं !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतले आफ्ना सेनालाई चिनियाँ सेनामाथि गोली हान्ने आदेश दिएको छ । भारतले पीएलए सेना अघि बढ्यो भने भारतीय सैनिकले उनीहरूमाथि गोली हानेर नियन्त्रणमा लिने चेतावनी दिएको हो ।

भारतीय एक उच्च अधिकारीले भारतीइ सेनासँग चिनियाँ सेना आए गोली हान्ने आदेश दिएको जानकारी दिए ।

ती अधिकारीले भने, ‘हामीले चीनलाई भनेका छौं– यदि तपाईं हाम्रो नजिक आउनुभयो भने हामी गोली हान्छौं । सैनिकहरूलाई पनि आत्मरक्षाका लागि गोली हान्ने अधिकार दिइएको छ ।’

केही समयअगाडि पूर्वी लद्दाखमा पेनगोग त्सो ताल नजिकै भारत र चीनका सैनिकहरूबीच गोली हानाहान भएको थियो ।

भारत र चीनबीचको छैटौं वार्तामा दुबै मुलुकले सीमामा सेनाको संख्या नबढाउने सहमति गरेका थिए । भारतीय अधिकारीहरूले भारतले सीमामा ठूलो संख्यामा सेनाको उपस्थिति गराउने बताएको छ ।

उनले भने, ‘हाम्रो अडान स्पष्ट छ, चीन पहिले आएको हो त्यसैले अब पनि उसले नै पछि हट्नु पर्नेछ ।’

जुनमा गाल्भान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो । जसमा २० भारतीय सैनिक मारिएका थिए । चीनले आफ्ना सैनिक नमारिएको दाबी गरेको थियो ।