काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पुर्नगठनको अन्तिम तयारीमा पुगेका छन् ।
बिहीबार झण्डै तीन घण्टा बालुवाटारमा मन्त्रिमण्डल पुर्नगठनबारे छलफल गरेका अध्यक्षद्वय अोली र प्रचण्डले आज पनि छलफललाई निरन्तरता दिएका छन् ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई जना अध्यक्षबीच बालुवाटारमा छलफल जारी रहेको जानकारी दिए ।
आइतबार र मंगलबार बसेको सचिवालय बैठकको निर्णयअनुसार दुई अध्यक्ष मन्त्रिमण्डल पुर्नगठनको तयारीमा जुटेका हुन् ।
बिहीबारको छलफलमा अध्यक्ष प्रचण्डले पुराना केही मन्त्रीलाई मात्र राख्न प्रस्ताव गरेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार यो हप्ताभित्र मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारीमा दुई अध्यक्ष जुटेका छन् ।
‘हिजाको बैठक सकारात्मक छ । हिजोकै सहमतिअनुसार उहाँहरु आज पनि छलफलमा हुनुहुन्छ’, अध्यक्ष प्रचण्ड निकट एक नेताले भने, ‘केही दिनमा नै मन्त्रिमण्डल पुर्नगठन हुने संकेत देखिएको छ ।’




प्रतिक्रिया