के सुन पृथ्वीबाट लोप हुँदैछ ?

के सुन पृथ्वीबाट लोप हुँदैछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सुनका गहनाहरू खरीद गर्दा के तपाईंले कहिल्यै सोच्नुहुन्छ कि सुन कहाँबाट आउँछ र यसको आपूर्ति सँधै जारी रहन्छ वा यो कहिले समाप्त हुन्छ ?

पछिल्लो समय सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै गएको छ । सुनको मूलय मूल्य प्रतिऔंस दूई हजार डलर पुगेको छ । मूल्य बढ्नुको पछाडि सुन व्यापारीको हात थियो । तर यससँगै सुनको आपूर्तिको बारेमा सवाल सुरु भएको छ । प्रश्नहरू उठिरहेका छन् कि सुनको आपूर्ति अन्त्य हुन्छ कि हुँदैन ? पछिल्लो समय सुनको प्रयोग धेरै इलेक्ट्रोनिक उत्पादनहरूमा हुन थालेको छ ।

पिक गोल्ड

‘पीक गोल्ड’को अवधारणाको बारेमा विज्ञहरूले पनि कुरा उठाउने गरेका छन् । पछिल्लो एक बर्षमा मानिसहरूले पूर्ण क्षमतामा सुन फिर्ता लिएका छन् । धेरै विज्ञहरूलाई लाग्छ कि उनीहरू पीक गोल्डमा पुगेका छन् ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सन् २०१९ मा सुनको कूल उत्पादन ३५ सय ३१ टन रहेको थियो । सन् २०१८ मा एक प्रतिशत कम उत्पादन भएको थियो । हाल २००८ पछि पहिलोपटक सुनको उत्पादनमा कमी आएको छ ।

वल्र्ड गोल्ड काउन्सिलका प्रवक्ता हन्ना ब्रान्डसेटर भन्छन्, ‘खानीबाट सुनको आपूर्ति कम भइरहेको छ । त्यस्तै आगामी वर्षहरुमा अझै कम हुनसक्छ । किनकी जुन खानी छ त्यो पूर्ण रुपमा उपयोग भइरहेको छ र नयाँ सुन खानीहरु पत्ता लाग्न सकेको छैनन् । सुनको उत्पादन चरम शिखरमा पुगेको छ, यो एकदम चाँडो भइरहेको छ ।’

विज्ञहरूले सुन उत्पादन चरम शिखरमा पुगे पनि सुन उत्पादनमा कमी नआउने बताएका छन् । यो गिरावट केहि दशकहरुमा आउने उनीहरुको भनाई छ ।

त्यसोभए कति सुन बाँकी छ ?

उत्खननकर्ताहरुले जमिनमुनी दुई किसिमले सुन लुकेको दाबी गरेका छन् । १. रिजर्व गोल्डः जुन निकाल्न फाइदाजनक छ । २. रिसोर्स सुनः जुन भविष्यमा निकाल्न फाइदाजनक छ । यसलाई निकाल्न ठूलै मूल्य चुकाउनुपर्नेछ ।

अमेरिकाको भूगर्भ सर्वेक्षणकर्ताकाअनुसार ५० हजार टन सुन सञ्चय छ । केही तथ्यांकहरका अनुसार अझै २० प्रतिशत सुन उत्खनन गर्न बाँकी रहेको छ । सुन उत्खननमा रोबोटको प्रयोग गर्न थालिएको छ ।

दक्षिण अफ्रिकामा विश्वको सबैभन्दा बढी सुन उत्पादन रहेको छ । अफ्रिकाको विटवाटर्सान्ड मा विश्वको ३० प्रतिशत सुन बजारमा जाने बीबीसीले जनाएको छ ।