काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त

काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन् । आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।

बुढाथोकीलाई प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा नियुक्त गरिएको हो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।

श्रेष्ठले आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका थिए । कार्यवाहक अध्यक्ष श्रेष्ठले पदमा रहँदा सरकार र साथीसँगै स्वायत्तताको निम्ति लडाइँ लड्नुपरेको बताएका छन् ।

‘बीचका केही वर्ष आफ्नै साथी, सहकर्मी र नेपाल सरकारसँग संस्थाको स्वायत्तताको निम्ति कठोर लडाइँ लड्नुपरेको सर्वविदितै छ,’ राजीनामापत्रमा भनिएको छ । उनले संस्थामा रहँदा निर्वाह गरेको भूमिकाप्रति कुनै पश्चाताप नरहेको बताएका छन् ।