जाजरकोटमा २२ वर्षीय युवकलाई कुटेर मारियो

जाजरकोटमा २२ वर्षीय युवकलाई कुटेर मारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार सामान्य वादविवाद हुँदा टालेलेगाउँका २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख यामबहादुर मल्लले बताए । सिंहलाई स्वास्थ्य सेवा कार्यालय उपचार गर्दागर्दै आज दिउँसो साढे १ः०० बजे मृत्यु भएको मल्लले जानकारी दिए ।

आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए । कुटपिट गर्ने सिंह अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।