काठमाण्डु –जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी होल्डिंग्स्ले नेपाली बजारमा ल्याउने भएको छ ।
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको हो ।
हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रि रहेका छन् । सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइन अपलाई निरन्तरता दिनेछ ।
‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौं,’ कम्पनीले भनेको छ ।
यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभी मध्ये पर्छ ।
यसमा फोरव्हील सिस्टम, १.६ लिटरको शक्तिशालीइन्जिन र अन्यअत्याधुनिकफिचर रहनेछन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास रहेको छ । भीटाराको सुरुवाती मूल्य७९ लाख ९९ हजार हुनेछ ।
सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपालआइपुग्ने अपेक्षा गरिएको छ ।इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रिबुकिङ सुरु गरेको छ साथैविशेष अफरको व्यवस्था समेत गरेको छ ।यी गाडीहरु सीजी नेक्स्ट् जेन सोरुमहरु बाट उपलब्ध हुनेछन् ।




प्रतिक्रिया