रौतहटमा बाघले खाएको अवस्थामा युवकको शव भेटियो

रौतहटमा बाघले खाएको अवस्थामा युवकको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको हो ।

मंगलबार सााझ स्थानीय जंगलमा घाँस काट्न गएका भण्डारी बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा भण्डारीको शव जंगलमा बाघले आधा खाएको अवस्थामा फेला परेको हो ।

स्थानीय चार जना साथीसँग घाँस काट्न गएका भण्डारी बेपत्ता भएपछि राती नै स्थानीयले जंगलमा खोजी कार्य तिव्र पारेका थिए ।