काठमाण्डु उपत्यकामा थपिए ९ सय २ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ९ सय २ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६९७ , ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेका छन् ।

यस्तै मंगलबार ९ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २४ हजार १ सय ५७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।