अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । शुक्रवार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सैनिक अस्पताल भर्ना गरिएको हो । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको जानकारी दिएको छ ।

ट्रम्पलाई थकान महसुस हुनुका साथै उनमा कोभिड १९ का हल्का लक्षण देखा परेपछि मरिन–१ हेलिकोप्टरबाट मेडिकल सेन्टर लगिएको हो । राष्ट्रपति ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नाी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिएका थिए ।

राष्ट्रपति ट्रम्प अस्पताल भर्ना भएपछि पुर्व राष्ट्रपति वाराक ओवामा र राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।