मन्त्रिपरिषद पुर्नगठनको विषयमा छलफल गर्न नेकपाको सचिवालय वैठक बस्दै

मन्त्रिपरिषद पुर्नगठनको विषयमा छलफल गर्न नेकपाको सचिवालय वैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ । नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच शुक्रवार भएको छलफलपछि सचिवालय वैठक बोलाउने सहमती भएको थियो । दुवै नेताबीच मन्त्रिपरिषद पुर्नगठन र पार्टी एकतालाई पुर्णता दिनेवारेमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज चार बजे बैठक बस्ने वैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा समेत छलफल हुने बताइएको छ ।  मन्त्रिपरिषदको विहिवार वसेको वैठकले राजदूत र अन्य राजनीतिक नियुक्ति गरेपछि पार्टीभित्र विवाद देखा परेको छ ।

प्रधानमन्त्री ओलीले अमेरिकाका लागी राजदूतमा पुर्व अर्थमन्त्री युवराज खतिवडा र वेलायतको राजदूतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेका थिए । खतिवडालाई अमेरिकाको राजदूत पठाउने र परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने विषयमा भने अर्का अध्यक्ष प्रचण्डसंग प्रधानमन्त्रीले छलफल गरेको स्रोतको दावी छ ।

आजको वैठकमा मन्त्रिपरिषद पुर्नगठन गर्ने र नयां पठाउने मन्त्रीहरुको बारेमा समेत छलफल हुने बताइएको छ ।