भक्तपुर – भक्तपुरकाे मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक जनाकाे मृत्यु भएको छ। मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हाे।
घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ । पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो ।यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन् ।




प्रतिक्रिया