काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल,प्रेस सल्लाहकार सूर्य थापा,परराष्ट्र मामिला सल्लाहकार राजन भट्राई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थापा, रिमाल र भट्राईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार ट्वीटरमार्फत जानकारी गराएका छन् । यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।’




प्रतिक्रिया