प्रधानमन्त्री ओलीको कोरोना रिपाेर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीको कोरोना रिपाेर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो।

 प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल,प्रेस सल्लाहकार सूर्य थापा,परराष्ट्र मामिला सल्लाहकार राजन भट्राई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार उनीहरुको रिपाेर्ट पोजेटिभ आएको हो।

हिजो र आज गरी प्रधानमन्त्रीका सल्लाहकार,स्वकीय सचिवालय र सुरक्षामा खटिएका गरी ७६ भन्दा बढीलाई संक्रमण पुष्टि भएको छ ।सुरक्षामा खटिएका १५,२० जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ।