काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चतकालसम्मका लागि स्थगित भएको छ । बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि नेकपा सचिवालय बैठक स्थगित भएको हो ।
शनिबार प्रधानमन्त्री केपी शर्मा अोलीका सचिवालय सदस्य सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री ओली कन्ट्र्याक्ट ट्रेसिङमा परेपछि बैठक स्थगित गरिएको हो ।
मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्ती र पार्टी एकिकरणका विषयमा छलफल गर्न बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।




प्रतिक्रिया