काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या २९ हजार नाघ्यो

काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या २९ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेका छन् ।

यस्तै शनिबार ११ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २९ हजार ४ सय ७६ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

र यो पनि

२२५३ कोरोना संक्रमित थपिए, १३२९ जना डिस्चार्ज