बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि ढुङ्गामुडा प्रहार

बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि ढुङ्गामुडा प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडी तोडफोड गरिएको छ । काठमाण्डुबाट बुटवल जाँदै गरेका मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुंङ्गामुडा प्रहार गरिएको हो ।

मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति पुगेको छ ।

बुटवललाई प्रदेशको स्थायी राजधानी माग गर्दै आएका प्रतिपक्षी दल कांग्रेस र व्यवसायीहरुले विगत केहीदिन देखि आन्दोलन चर्काइरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोक्न निर्देशन दिइसकेका छन् ।

मुख्यमन्त्री पोखरेल आज बालुवाटारको बैठकमा सहभागी भएर बुटवल फर्किँदै थिए । नेकपा महासचिव विष्णु पौडेलले बुवटल राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन् । तर, मुख्यमन्त्री पोखरेलले दाङलाई नै राजधानी बनाउन लबिङ गर्दै आएका थिए ।