बलात्कार घटनामा रोकिएन पंचायती मिलापत्र

बलात्कार घटनामा रोकिएन पंचायती मिलापत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान- बलात्कारको घटना पञ्चायतबाट टुंग्याउनु कति घातक हुँदोरहेछ भन्ने सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरकी १७ वर्षीया किशोरीको आत्महत्याले देखाइसकेको छ। चारजनाको सामूहिक बलात्कारमा परेकी किशोरीलाई पञ्चायतले पीडकबाट एक लाख २० हजार रुपैयाँ लिएर माफी दिन निर्देशन नदिएको भए उनको ज्यान जाने थिएन।

प्रहरीले पञ्चहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। तर पनि बलात्कारजस्तो जघन्य अपराध लुकाउन पञ्चहरुको सक्रियता अझै रोकिएको छैन। गत सोमबार सिरहाको विष्णुपुर गाउँपालिका–१ की १६ वर्षीया किशोरी छिमककै युवकबाट बलात्कारको सिकार भइन्। चिनजानकै युवकले किशोरीलाई घरमा कोही नभएको मौका पारेर साँझ बलात्कार गरे।

किशोरीले प्रतिकार गर्न खोज्दा मुखमा कपडा कोचे। त्यसपछि पीडित किशोरीलाई उपचारका लागि स्थानीय पोलिक्लिनिकमा लगियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होम लगियो। उपचारपछि किशोरी शुक्रबार गाउँ फर्किइन्। यस अवधिमा गाउँमा पञ्च हावी भए।

पीडक र पीडित दुवै पक्षलाई प्रभावमा पारेर गाउँको इज्जत बाहिर जान दिनुहुन्न भन्दै मिलापत्रमा घटना टुंग्याउन पञ्चहरुले दुवै पक्षलाई राजी बनाए। पीडक पक्षसँग १० लाख जरिवाना भराएर पीडित पक्षलाई दिने निर्णय पञ्चले गरे। उक्त रकम पीडक पक्षलाई पञ्चहरुले नै ऋण दिने योजना बन्यो। जसका लागि लेखनदास (लेखापढी व्यवसायी) बाट कपाली तमसुक बनाउने व्यवस्था पञ्चले मिलाए।

गाउँमा पञ्चायत बस्यो। पञ्चायतले पीडकका बुवा सिंहेश्वर साहलाई १० लाख दण्ड भर्न आदेश दियो। तत्काल यति ठूलो रकम आफूसँग नभएको साहले पञ्चायतलाई बताए। पञ्चायतले उक्त रकमबराबरको कपाली तमसुक गरिदिन अर्को आदेश दियो।यो समाचार आजको नागरिक दैनिकमा छ ।