बुटवल राजधानी बनाउन आन्दोलनमा उत्रिन रुपन्देहीवासीलाई बालकृष्ण खाँडको आह्वान

बुटवल राजधानी बनाउन आन्दोलनमा उत्रिन रुपन्देहीवासीलाई बालकृष्ण खाँडको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुटवललाई नै प्रदेश राधाजनी बनाउन सरकारसँग माग गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेता खाँडले प्रदेश ५ को सरकारले विशेष समिति र विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा षड्यन्त्रपूर्वक ढंगले राजधानी सार्ने प्रस्ताव ल्याउनु दुःखद् भएको बताएका छन् ।

‘प्रदेश सरकारले गलत प्रस्ताव ल्याएकोमा शान्तिपूर्ण तवरले स्वतस्फूर्त रुपमा प्रस्ताव सच्याउनका लागि गरिएका बैठक र कार्यक्रमहरुमा सहभागी आमनागरिक, उद्योगी व्यवसायी, पत्रकार र नेता तथा कार्यकर्ताहरुलाई तानशाही शैलीमा धरपकड गरी पक्राउ गर्ने कार्य अत्यन्त खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनले राजधानी सार्ने कार्यको विरोध कार्यक्रममा शान्तिपूर्ण रुपले आन्दोलनमा सहभागी हुन रुपन्देही वासीलाई आह्वान गरेका छन् ।

नेता खाँडले शान्तिपूर्ण विरोध र प्रतिकारमा उत्रने नागरिकलाई दमन धरपकड र गिरफ्तार नगर्न पनि आग्रह गरेका छन् ।

उनले प्रदेश राजधानी पूर्वाग्रह राखेर सार्न खोज्नु रुपन्देहीवासीको भावना विपरित रहेको र निषेधाज्ञा गरेर जर्बजस्ती प्रस्ताव पास गर्ने कार्यलाई स्थगन गर्न सरकारसँग माग गरेका छन् ।