बुटवल – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
सोमबार बिहान नेकपा प्रदेश ५ को संसदीय दलको बैठकले दाङलाई प्रशासनिक र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै नेकपा सांसदहरु विभाजित हुन थालेपछि नेकपाले ह्विप जारी गर्ने निर्णय गरेको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । बुटवलबाट प्रदेश राजधानी सारेको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलले आन्दोलन चर्काएको छ ।
नेकपा महासचिव विष्णु पौडेलले बुवटलबाट राजधानी सार्ने निर्णय पुर्नविचार गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले दाङ नै प्रदेशको स्थायी राजधानी हुने बताउँदै आएका छन् ।




प्रतिक्रिया