राप्रपा अध्यक्षको प्रश्नः प्रधानमन्त्री ओली आइसोलेसनमा बस्नु नपर्ने हो ?

राप्रपा अध्यक्षको प्रश्नः प्रधानमन्त्री ओली आइसोलेसनमा बस्नु नपर्ने हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थिति सार्वजनिक गर्दै, आइसोलनमा बस्नु पर्ने नपर्ने सरकारले औपचारिक जानकारी सार्वजनिक गर्नु उपयुक्त हुने बताएका छन् ।

प्रधानमन्त्रीका निकट सहयोगी र सल्लाहकारहरू कोरोना संक्रमित प्रमाणित भएपछिको अवस्थामा अध्यक्ष राणाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो,’ राणाले सोमबार ट्वीट गर्दै भने ।

सरकार प्रमुखको स्वास्थ्य अवस्थालाई लिएर जनतालाई सुुसूचित गर्ने विश्वव्यापी प्रचलन कायम रहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । विश्वव्यापी प्रचलन यस्तै छ,’ उनले भने ।