काठमाण्डु – अमेरिकाले आप्रवासन नीति परिवर्तन गरेको छ । अमेरिकाको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आप्रवासन नीति परिवर्तन गरिएको अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस) ले जनाएको छ ।
नयाँ आप्रवासन नीतिअनुसार कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडाई गरिएको छ । उनीहरुले अमेरिकामा स्थायी बसोवासको नागरिकता नपाउने यूएससीआईएसले जनाएको छ ।
‘कुनै पनि कम्युनिष्ट पार्टी वा निरंकुश पार्टीसँग आबद्ध मानिसहरुले अमेरिकाको स्थायी बसोबासका लागि नागरिकता पाउने छैनन्’, विज्ञप्तिमा भनिएको छ । यूएससीआईएसले कुन–कुन देशका कम्युनिष्टमाथि प्रतिबन्ध लगाइएको हो भन्ने खुलाएको छैन् ।




प्रतिक्रिया