मर्यादापालकलाई कानुनमन्त्रीको निर्देशनः घिसारेर निकाली हाल !

मर्यादापालकलाई कानुनमन्त्रीको निर्देशनः घिसारेर निकाली हाल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सभाहलको कुर्सी भाँच्ने कांग्रेस सांसदलाई बाहिर निकाल्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्री केसीले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गरेपछि कांग्रेस सांसदहरुले टेबुल, कुर्सी  र माइक भाँचेका थिए ।

कांग्रेस सांसदको अस्वभाविक क्रियाकलापम नियालिरहेका मन्त्री केसीले कुर्सी भाँच्ने सांसदलाई ‘घिसारेर निकाली हाल’ भन्दै मर्यादापालकहरुलाई निर्देशन दिएका थिए ।

मन्त्री केसीले नेपाली कांग्रेसलाई इतिहासले यक्ष प्रश्न सोध्ने बताए । उनले कांग्रेसका सांसदहरुलाई आफ्नो परम्परा कायम गर्न अनुरोध गरेका थिए । मन्त्री केसीले सांसदहरुको उक्त क्रियाकलापले ‘कांग्रेसमा बीपीले पनि गिज्याउँदै हुनुहुन्छ’ भन्दै कटाक्ष गरेका थिए ।

बैठक भोली मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ ।