काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि स्थगित भएको बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएको हो ।
पार्टी अध्यक्षद्वय अोली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको छलफलपछि बैठक बोलाउने सहमति भएको हो ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले सचिवालय बैठक मंगलबार बालुवाटारमा बस्ने जानकारी दिए ।
मंगलबारको बैठकले मन्त्रिपरिषद् पुर्नगठन, पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउने बताइएको छ ।




प्रतिक्रिया