कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत छः विश्वप्रकाश शर्मा

कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत छः विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश पाँचको राजधानी माग गर्दै प्रदेशसभाका कुर्सी भाँच्ने कार्यको आपत्ति जनाएको छ ।

सोमबारको प्रदेशसभा बैठकमा आफ्ना सांसद कुर्सी र टेबुल भाँच्ने कार्यको विरोध गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छिटपुट घटना भनेर ढाकछोप नगर्ने बताएका छन् ।

‘संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो । परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो’,उनले भने, ‘अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

प्रवक्ता शर्माले सांसदले गरेको कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत रहेको बताए ।

‘रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन’, उनले भने ।