काठमाण्डु – नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए। नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए ।
कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गरेका थिए ।
पार्टीको ह्विप मान्दिनः सांसद
यता कांग्रेस सांसदले पार्टीको ह्विप नमान्ने बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले दाङको पक्षमा भाट हाल्ने घोषणा गरेका छन् ।
‘म पार्टीको ह्विप मान्दिन । बरु कारबाही भोग्न तयार छु’, उनले भने ।
भालुवाङलाई राजधानी बनाउने घटना उपर्युक्त भएको सांसद चौधरीको टिप्पणी छ । उनले सोमबार घटनाबारे निन्दा गरेका छन् । सांसद चौधरीले राष्ट्रियसम्पति तोडफोड गर्नु लोकतन्त्र विपरित भएको टिप्पणी गरे ।




प्रतिक्रिया