भालुवाङ राजधानीका लागि कसैले मन खुम्च्याउनु पर्दैनः मुख्यमन्त्री पोखरेल

भालुवाङ राजधानीका लागि कसैले मन खुम्च्याउनु पर्दैनः मुख्यमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको देउखुरी क्षेत्र पश्चिम नेपालको गेटवे भएको बताएका छन् ।

मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रस्तावित राजधानी देउखुरी क्षेत्रमा रहेका लालमटिया, सिसहनिया, गोवडिया क्षेत्र थारु संस्कृतिका ऐतिहासिक क्षेत्र भएको बताएका छन् ।

‘यो क्षेत्र प्रदेश विकासका लागि गेट–वे हो’, उनले भने, ‘गोवडिया भनेको मधेसीहरुको बसोबास रहेको क्षेत्र हो, त्यसैले प्रस्तावित राजधानी सबै हिसाबले उपयुक्त छ । भालुवाङ राजधानीका लागि कसैले मन खुम्च्याउनु पर्दैन ।’

उनले राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व नगर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले राप्ती र लुम्बिनी अञ्चलको मनोविज्ञानलाई जोड्ने काम गर्ने बताए । ‘साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ’, उनले भने, ‘मुख्यमन्त्रीको गाउँबाट भालुवाङ आउन जति समय लाग्छ । बुटवलबट पनि त्यति नै समय लाग्छ । दाङ जिल्लाको पुरन्धराबाट भालुवाङ आउन जति समय लाग्छ । नवलपरासीको बर्दघाटबाट पनि त्यति नै समय लाग्छ ।’

उनले जलयातायातबाट नेपाललाई समुद्र सतहसँग जोड्ने योजना रहेकाले सुस्तासम्म जोडिने बताएका छन् । उनले उक्त बन्दरगाहाबाट आर्थिक क्षेत्रले फड्को मार्ने बताए ।