काठमाण्डु – बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा यथावत रहेको छ । माैसम बाहिरिन अझै केहि समय लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार पनि प्रदेश १, प्रदेश २ र बागमति प्रदेश मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। प्रदेश १ का एक दुर्ई स्थानमा वर्षा भइरहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ।
यस्तै प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदलीको अवस्था छ। प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ।




प्रतिक्रिया