काठमाण्डु – नेपाली कांग्रेसका सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न माग गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा सांसद थापाले पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै गुरूयोजना बनाउनुपर्ने बताएका छन् ।
‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै । यो गुरुयोजना नै होइन’, उनले भनेका छन्, ‘अतः यसलाई खारेज गरौँ ।पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकार संग हाम्रो माग हो ।’




प्रतिक्रिया