काठमाण्डु – समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशको नामाकरणबारे असन्तुष्टी भएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रदेशको नाम जातीय आधारमा नराखेको भन्दै सहिदहरुसँग माफी मागेका छन् ।
‘हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयोः ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ ।’ सरी लली रोका,सुरेश वाग्ले,’ उनले भनेका छन् ।
उनले प्रदेशको नाम नदी र भूगोलको आधारमा मात्र राखिएको तर, जाति र भाषाका आधारमा राख्न नहुने कहाँको संघीयता हो ? भन्दै प्रश्न गरेका छन् ।
‘ हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ?’, उनले भने, ‘अमेरिकामा अलास्का, भारतमा तामिलनाडु,बंगाल,पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’




प्रतिक्रिया