डा. खतिवडासहित चार देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

डा. खतिवडासहित चार देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदीय सुनुवाइ विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारद्वारा प्रस्तावित उक्त देशका राजदूतहरूको सुनुवाइका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको सभापति कर्णले जानकारी दिए ।

समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानबिन गरी प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ ।

समितिले राजदूतमा प्रस्तावितहरूको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।