प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले उदाशिनता देखाएको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीका माग पूरा गर्न सरकारले वार्ता टोलीसमेत गठन नगरेको बताए ।

‘प्रधानमन्त्रीलाई प्रश्नः डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?’, उनले भने, ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नुहुन्थ्यो त्यो स्वभाविक थियो । अब अनसन जस्स्तो शान्तीपूर्ण सत्याग्रहलाईसमेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुला ढंगले के यो सन्देश दिन चाहानु भएको हो कि– लोतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’

प्रवक्ता शर्माले कांग्रेसको पालामा डा. केसी अनसन बस्दा वार्ता गरिएको र कयौं माग पूरा गरेको दाबी गरेका छन् । उनले सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर र शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर संवाद मार्फत उनका माग पूरा गरेको बताए ।

‘यहाँ(प्रधानमन्त्री)ले उसबेला पूरा गरिएका माग एकातर्फ उल्ट्याउनुभयो अर्कोतर्फ नयाँ सन्र्दभमा अघि सारिएका मागबारे संवादमार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुव्र्यवहारदेखि सत्ताको अहंकारसम्मले कम्युनिष्टतन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेका छन्,’ उनले भने ।

प्रवक्ता शर्माले डा. केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको र माग पूरा नगरे सरकारलाई महंगो पर्ने चेतावनी दिएका छन् ।

‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस कम्युनिष्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाई गर्ने गम्भीर भूल किमार्थ नगरियोस्’, उनले भने ।