काठमाण्डु – जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।
बुधबार जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाँदै गरेको जीप औलखोला नजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
वडाध्यक्ष अमरबहादुर शाहीसहित ६ को मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
भे १ ज ९३५ नम्बरको जीप सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको छ ।




प्रतिक्रिया