एजेन्सी – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । दक्षिणी फिनल्याण्डको वास्कीकी आवा मुर्तो एक दिनको प्रधानमन्त्रीको जिम्मेवारी पाउने भाग्यशाली केटी हुन् । उनी बुधबार एक दिन प्रधानमन्त्री बनेकी थिइन् ।
किशोरीले उक्त जिम्मेवारी पाएपछि न्यायपालिकाका अध्यक्षसँग भेट गरेकी थिइन् । उनले मिडियासँग विभिन्न प्रश्नहरुको सामना गर्नु परेको थियो । उनले भनिन्, ‘कानून सम्बन्धी केहि नयाँ कुराहरु सिकें ।’
उनी मानव अधिकार सम्बन्धी अभियानमा पनि सक्रिय हुँदै आएकी थिइन् । उनले भनिन्, ‘उनीहरूले आफू कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्नु आवश्यक छ र उनीहरू केटाहरू जत्तिकै टेक्नोलोजीमा कत्तिको राम्रा छन् । मलाई लाग्छ कि युवा व्यक्तिहरूले वयस्कहरुलाई अझ बढी नभविष्यको बारेमा बढी सोच्न सिकाउन सक्छन् ।’
मारिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् । गत डिसेम्बरमा पदभार ग्रहण गर्दा विश्वको सबैभन्दा कान्छी सरकारको प्रमुख बनेकी थिइन् ।




प्रतिक्रिया